शुक्रवार, असार ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिकामा सडक कालोपत्रे कार्य तीव्र

शुक्रवार, जेठ २३, २०८२

बिर्तामोड, २३ जेठ : बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तिब्रगतिमा अघि बढिरहेको छ ।नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठुला साना सडक कालोपत्रे गर्दै आएको हो ।

वडा नम्बर ९ र १० मा आज र भोलि १ हजार ३ सय ६० मिटर सडक कालो पत्रे हुँदैछ । आज वडा नम्बर ९ कोलाटोली स्थित नेत्र मार्गमा ४ सय मिटर क्षेत्रमा कालो पत्रे सम्पन्न भयो । ५ मिटर चौडाईको यस सडकमा ९ नम्बर वडा कार्यालयको २५ लाख र बिर्तामोड नगरपालिकाको २५ लाख गरी कुल ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यस्तै आज नै वडा नम्बर १० स्थित तारानाथ चोकबाट पथरभिट्टा जाने सडकको १ सय मिटर क्षेत्रमा कालोपत्रे गरिएको छ । ६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नम्बर १० स्थित मोहन चोकबाट - कुवापानी हुँदै लक्ष्मीनारायण आधारभुत विद्यालय जाने ८ सय ४० मिटर सडकमा भोलि कालोपत्रे हुँदैछ । ६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १ करोड रुपैयाँ बजेट लगानी गरेको छ । कालोपत्रेको काम भोलि बेलुकीसम्ममा सम्पन्न हुने नगरपालिकाका सव-ईन्जिनियर डिल्ली ओलीले जानकारी दिनुभयो । यी तीन वटै सडक योजनाको पृथ्वी निर्माण सेवाले ठेक्का पाएको छ ।

कालो पत्रे योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले आवश्यक मापदण्डको आधारमा गुणस्तरीय काम गर्न प्राविधिक र ठेकेदारलाई सुझाव दिनु भयो ।

सम्बन्धित खबर