सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिकामा सडक कालोपत्रे कार्य तीव्र

शुक्रवार, जेठ २३, २०८२

बिर्तामोड, २३ जेठ : बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तिब्रगतिमा अघि बढिरहेको छ ।नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठुला साना सडक कालोपत्रे गर्दै आएको हो ।

वडा नम्बर ९ र १० मा आज र भोलि १ हजार ३ सय ६० मिटर सडक कालो पत्रे हुँदैछ । आज वडा नम्बर ९ कोलाटोली स्थित नेत्र मार्गमा ४ सय मिटर क्षेत्रमा कालो पत्रे सम्पन्न भयो । ५ मिटर चौडाईको यस सडकमा ९ नम्बर वडा कार्यालयको २५ लाख र बिर्तामोड नगरपालिकाको २५ लाख गरी कुल ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यस्तै आज नै वडा नम्बर १० स्थित तारानाथ चोकबाट पथरभिट्टा जाने सडकको १ सय मिटर क्षेत्रमा कालोपत्रे गरिएको छ । ६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नम्बर १० स्थित मोहन चोकबाट - कुवापानी हुँदै लक्ष्मीनारायण आधारभुत विद्यालय जाने ८ सय ४० मिटर सडकमा भोलि कालोपत्रे हुँदैछ । ६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १ करोड रुपैयाँ बजेट लगानी गरेको छ । कालोपत्रेको काम भोलि बेलुकीसम्ममा सम्पन्न हुने नगरपालिकाका सव-ईन्जिनियर डिल्ली ओलीले जानकारी दिनुभयो । यी तीन वटै सडक योजनाको पृथ्वी निर्माण सेवाले ठेक्का पाएको छ ।

कालो पत्रे योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले आवश्यक मापदण्डको आधारमा गुणस्तरीय काम गर्न प्राविधिक र ठेकेदारलाई सुझाव दिनु भयो ।

सम्बन्धित खबर