आइतवार, असार ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडमा तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनी सुरु

शनिवार, जेठ २४, २०८२

झापा, २४ जेठ : नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनी झापाको बिर्तामोडमा सुरु भएको छ।

देवी माध्यमिक विद्यालयमा आयोजित उक्त प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप ‘टच’ प्रयोग गरी दीप प्रज्वलन गर्नु भयो।

उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिमा भएका विकासलाई आत्मसात गर्नुपर्ने बताउनु भयो।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रदर्शनीबाट आएको खोज र आविष्कारलाई व्यवहारमा उतार्ने पार्टीको प्रतिबद्धता दोहोर्‍याउनु भयो।

प्रदर्शनीमा पाँच सय विद्यार्थी प्रतिस्पर्धात्मक रूपमा सहभागी छन् भने १ लाख विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ। विजेता विद्यार्थीहरूलाई चार लाख रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिने विभागका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो ।

प्रदर्शनी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित खबर