Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
व्यवसायी निर्मल खत्रीको प्रेरणादायी कदम: फजुल खर्चको सट्टा सामाजिक सेवा
शनिवार, जेठ २४, २०८२
बिर्तामोड, २४ जेठ : युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गर्नु भएको छ ।
उहाँले आज एक संक्षिप्त कार्यक्रमका विच बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित भक्तबारीमा रहेको तारा नमस्ते वालग्राम र मेघबारीमा रहेको सिद्दीविनायक कर्मयोग भवन निर्माणको लागि रकम सहयोग गर्नु भएको हो ।
खत्रीले वालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाइ ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो । यस्तै कर्मयोग भवनको लागि निर्मलका वुवा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पत्रकार पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।व्यवसायी खत्रीले विभिन्न बहानामा फजुल खर्च गर्नु भन्दा सामाजिक सेवाका लागि खर्च गर्नु उत्तम कार्य रहेकोले छोरीको जन्मोत्सवको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गरेको बताउनु भयो । खत्रीले केहि समय अघि मात्रै आफ्नो जन्मदिनको अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक सदस्य राहतकोषमा ५१ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।
बालग्राममा आयोजित रकम सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी खत्रीकी जीवन संगिनी रेनुका लिम्बु (खत्री), सासुआमा दिलकुमारी लिम्बु, व्यवसायी हरिकेशर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
व्यवसायी खत्री नयाँ पेपर डटकमका अध्यक्ष तथा मेची ट्रान्सपोर्ट एशोसिएशन झापाका कोषाध्यक्षसमेत हुनुहुन्छ ।