आइतवार, असार ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

नेकपा एमाले पहिचान विरोधी होइन : पासाङ शेर्पा

आइतवार, जेठ २५, २०८२

बिर्तामोड, २५ जेठ : लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नेकपा एमालेलाई पहिचान विरोधी भन्ने प्रचार झुटो भएको बताउनु भयो ।

आज बिर्तामोडमा आयोजित महासंघ झापा जिल्ला समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले नै सच्चा पहिचान दिने पार्टी भएको जिकिर गर्नु भयो । शेर्पाले आदिवासी जनजाति र उपेक्षित वर्गको हितका लागि एमालेले सधैं अग्रणी भूमिका खेलेको उहाँको धारणा थियो ।

संविधानसभामा आरक्षणको व्यवस्था ल्याउन महासंघको आन्दोलनले योगदान दिएको स्मरण गराउँदै, आगामी चुनावमा एमालेलाई एकल बहुमत दिलाउने लक्ष्यका लागि पार्टीमा लाग्न सबैलाई आह्वान गर्नु भयो ।

शेर्पाले झापाका सांसद राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईले एमालेविरुद्ध बोलिरहेको भन्दै ती व्यक्तिहरूको प्रभावमा नपर्न आग्रह गर्नु भयो । साथै, उहाँले असोज मसान्तसम्म सबै पालिकामा महासंघका कमिटी विस्तारको निर्देशन दिनुभयो ।

कार्यक्रममा महासंघका अन्य केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले पनि सम्बोधन गरेका थिए।

सम्बन्धित खबर