Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नेकपा एमाले पहिचान विरोधी होइन : पासाङ शेर्पा
आइतवार, जेठ २५, २०८२
बिर्तामोड, २५ जेठ : लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नेकपा एमालेलाई पहिचान विरोधी भन्ने प्रचार झुटो भएको बताउनु भयो ।
आज बिर्तामोडमा आयोजित महासंघ झापा जिल्ला समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले नै सच्चा पहिचान दिने पार्टी भएको जिकिर गर्नु भयो । शेर्पाले आदिवासी जनजाति र उपेक्षित वर्गको हितका लागि एमालेले सधैं अग्रणी भूमिका खेलेको उहाँको धारणा थियो ।
संविधानसभामा आरक्षणको व्यवस्था ल्याउन महासंघको आन्दोलनले योगदान दिएको स्मरण गराउँदै, आगामी चुनावमा एमालेलाई एकल बहुमत दिलाउने लक्ष्यका लागि पार्टीमा लाग्न सबैलाई आह्वान गर्नु भयो ।
शेर्पाले झापाका सांसद राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईले एमालेविरुद्ध बोलिरहेको भन्दै ती व्यक्तिहरूको प्रभावमा नपर्न आग्रह गर्नु भयो । साथै, उहाँले असोज मसान्तसम्म सबै पालिकामा महासंघका कमिटी विस्तारको निर्देशन दिनुभयो ।
कार्यक्रममा महासंघका अन्य केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले पनि सम्बोधन गरेका थिए।