मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

भद्रपुरमा बालबालिकाका सरोकारका विषय बजेटमा समेट्न अभिमुखीकरण

सोमवार, जेठ २६, २०८२

झापा, २६ जेठ : कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।
 
बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 
 
उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताउनुभयो । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उहाँले भन्नुभयो, “अहिले पढ्ने र सिक्ने समय हो, यसलाई महत्वका साथ अघि बढाउन म आग्रह गर्छु ।” माटोबाट सानो दियो र ठूलो घैला दुवै बन्ने भएकाले ठूलो बन्ने प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले तीन वटा मुख्य उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । बालमैत्री नगरपालिकालाई यथावत राखेर अझ सक्रिय बनाउन यस्ता कार्यक्रम गर्ने गरिएको उहाँले बताउनुभयो ।  “बालमैत्री नगर घोषणा भएपछि केही न केही उपलब्धि हासिल भएका छन्”, उहाँले भन्नुभयो, “उपलब्धिहरुलाई आत्मसात गरेर अझ बालबालिकाको बृहत्तर हितमा काम गर्न बाल क्लब, बाल सञ्जाल र विद्यार्थीहरुको साथ र सहयोग आवश्यक छ ।” 
 
नगर बाल सञ्जाल अध्यक्ष उत्सव पाण्डेले भद्रपुर नगर क्षेत्रमा २२ हजारभन्दा बढी बालबालिका रहेको जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. १ देखि ५ सम्मका वडा बाल सञ्जालका अध्यक्ष एवं प्रतिनिधि, पाँचवटै वडाका सबै सामुदायिक तथा निजी विद्यालयका चार÷चार जनाको सहभागिता रहेको नगरबाल सञ्जालका सचिव समीर निरौलाले जानकारी दिनुभयो ।
 
नगरबाल सञ्जालले गत माघमा भद्रपुर वडा नं. ६ देखि १० नम्बर वडाका बालबालिकालाई समेटेर अभिमुखीकरण सम्पन्न गरिसकेको छ ।
सम्बन्धित खबर