Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
ताप्लेजुङमा पानीको भाँडामा डुबेर २ वर्षीय बालकको मृत्यु
सोमवार, जेठ २६, २०८२
झापा, २६ जेठ : ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गुम्बाडाँडामा पानीको भाँडामा डुबेर एक २ वर्षीय बालकको ज्यान गएको छ।
स्थानीय तेन्जी शेर्पाका छोरा निसान शेर्पा आँगनमा राखिएको रक्सी (जाँड) पकाउने सिल्भरको भाँडामा डुबेका हुन्। घटना बिहीबार बिहान करिब ८:४५ बजे भएको हो। बालकका आमा-बुवा खेतमा काम गर्न गएका बेला उनी एक्लै घरमा थिए।
घटनापछि छिमेकी पेम्मा शेर्पाले प्रहरी चौकी साँघुलाई जानकारी गराएका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा बालकको शव भाँडाबाट निकालेर घरको सिकुवामा राखिएको अवस्थामा भेटिएको थियो।