Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा डेंगुको संक्रमण उच्च
सोमवार, जेठ २६, २०८२
बिर्तामोड, २६ जेठ: मनसुन सुरु भएसँगै झापा जिल्लामा डेंगु संक्रमण तीव्र रुपमा फैलिन थालेको छ। हालसम्म जिल्लामा पुष्टि भएका ३९ डेंगु संक्रमितमध्ये ३७ जना बिर्तामोड नगरपालिकाका हुन्, जसले बिर्तामोडलाई संक्रमणको 'हटस्पट' बनाएको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीका अनुसार, झापामा असारदेखि असोजसम्म डेंगुको जोखिम बढी हुने भए पनि वर्षभर संक्रमण देखिने गरेको छ। गत वर्ष डेंगुका कारण दुई जनाको मृत्यु भएको थियो।
जिल्लाका अन्य नगरपालिका दमक र गौरादहमा पनि एक–एक जना संक्रमित फेला परेका छन्।
डेंगुको समस्या अहिले केवल झापामा मात्र सीमित छैन। स्वास्थ्य मन्त्रालयका अनुसार, देशभर ७१ जिल्लामा डेंगु फैलिसकेको छ। हालसम्म कुल १,०८१ जना संक्रमित फेला परेका छन्। तीमध्ये बागमती र कोशी प्रदेशमा संक्रमण दर सबैभन्दा उच्च छ।
विशेषज्ञहरू रोकथामका उपाय अवलम्बन गर्न, सरसफाइमा ध्यान दिन र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।