Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
निजामती सेवा ऐन शीघ्र जारी गर्न माग
सोमवार, जेठ २६, २०८२
भद्रपुर, २६ जेठः झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्दीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । “अस्तिसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थियौँ, हिजोदेखि देशभर कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मनोबल उच्च बनाउन तथा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा वृत्ति विकास, पदोन्नति, सेवा सुरक्षा लगायतका विषय समेटिनुपर्ने आफुहरुको माग रहेको केन्दीय सदस्य दाहालले बताउनुभयो ।
कर्मचारी संगठनहरूले ऐनको शीघ्र कार्यान्वयनको माग गर्दै सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् ।