शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

शिवसताक्षीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न

शनिवार, चैत १८, २०७९

झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर १ स्थित शुक्रबारे बजारमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज तथा नेपाल आयुर्वेद औषधि ब्यवसायी संघले शुक्रवार संयुक्तरुपमा शिविर आयोजना गरेको हो ।

शिबिरमा हाडजोर्नी नसा बाथ पाइल्स फिस्टुला ग्यास्ट्रीक दम प्रेसर सुगर खोकी लगायतका दुई सय जना रोगीको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरिएको थियो । शिवरिमा आयुर्वेद चिकित्सक डा.बिनय प्रधान, डा.सरबिन्द्र प्रसाद यादब र डा. बिजय किशिर पण्डित ले बिरामी परिक्षण गर्नु भएको थियो ।


शिविरमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका गोपाल सुवेदी र नेपाल आयुर्वेद औषधि ब्यवसायी संघका अध्यक्ष नर्वदा भट्टराई, नेपाल आयुर्वेद औषधि ब्यवसायी संघका नि.वर्तमान केन्द्रिय अध्यक्ष जंगराज गिरी, शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्ग, नेपाल आयुर्वेद औषधि ब्यवसायी संघका केन्द्रिय सदस्य चुडाराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्गले आयुर्वेदिक औषधिले रोगको जरैबाट उपचार हुने भएकोले यसलाई प्राथमिकताका साथ सेवन गर्नु पर्ने बताउनु भयो ।

 

सम्बन्धित खबर