Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
शिवसताक्षीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न
शनिवार, चैत १८, २०७९
झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर १ स्थित शुक्रबारे बजारमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज तथा नेपाल आयुर्वेद औषधि ब्यवसायी संघले शुक्रवार संयुक्तरुपमा शिविर आयोजना गरेको हो ।
शिबिरमा हाडजोर्नी नसा बाथ पाइल्स फिस्टुला ग्यास्ट्रीक दम प्रेसर सुगर खोकी लगायतका दुई सय जना रोगीको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरिएको थियो । शिवरिमा आयुर्वेद चिकित्सक डा.बिनय प्रधान, डा.सरबिन्द्र प्रसाद यादब र डा. बिजय किशिर पण्डित ले बिरामी परिक्षण गर्नु भएको थियो ।
शिविरमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका गोपाल सुवेदी र नेपाल आयुर्वेद औषधि ब्यवसायी संघका अध्यक्ष नर्वदा भट्टराई, नेपाल आयुर्वेद औषधि ब्यवसायी संघका नि.वर्तमान केन्द्रिय अध्यक्ष जंगराज गिरी, शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्ग, नेपाल आयुर्वेद औषधि ब्यवसायी संघका केन्द्रिय सदस्य चुडाराज खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्गले आयुर्वेदिक औषधिले रोगको जरैबाट उपचार हुने भएकोले यसलाई प्राथमिकताका साथ सेवन गर्नु पर्ने बताउनु भयो ।