Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘स्थानीय तहको सङ्ख्या ५ सय बनाउन छलफल सुरू भएको छ’
सोमवार, जेठ २६, २०८२
काठमाडौँ, २६ जेठ: प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।
सोमबार काठमाडौँमा आयोजित सङ्घीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताउनु भएको हो ।
स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्नेमा उहााले जोड दिनुभयो । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै सङ्घीयतालाई प्रभावकारी बनाइँदै लगिने उहाँको भनाइ छ ।
उहाँले अनौपचारिक हिसाबले ५ सय स्थानीय तहको सङ्ख्या बनाउनेबारे छलफल चलिरहेको उल्लेख गर्दै यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो ।
उहाँले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गर्नुभयो ।
आर्थिक, प्रशासनिक, राजनीति रूपमा सङ्घीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रूपमा सङ्घीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको उहाँको भनाई छ ।