बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बिमा र बस्ती स्थानान्तरण

सोमवार, जेठ २६, २०८२

मोरङ, २६ जेठ : कोशी प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरण गर्नका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरू गरेको छ ।  
 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद्बाट प्रदेशमा हुने क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 
विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरू भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बोलाइएको थियो ।
 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले विपद्को क्षति कम गर्नका लागि विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ । 
 
बैठकले चालु आर्थिक वर्षमा वितरण गरिएको रु ७५ लाख ८० हजार बराबरको खर्चसमेत अनुमोदन गरेको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्य योजना २०८२÷८३ र मनसुन पूर्वतयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ । 
 
सो अवसरमा मुख्यमन्त्री कार्कीले विपद् बीमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिनुभयो । 
 
मुख्यमन्त्री कार्कीले बजेट र कार्यक्षमता हेरेर विपद् व्यवस्थापनको काममा तत्कालै जुट्न आग्रह गर्नुभयो ।
 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी बाढीपहिरो चट्याङ र विस्फोटमा परी मृत्यु भएका ३४ जनालाई राहत रकम वितरण गरिएको छ । 
 
त्यस्तै, निजी आवास बनाउन रु ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिनुभयो । कोशी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब चार हजार १५१ परिवारहरू रहेको जनाइएको छ ।
सम्बन्धित खबर