बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

जलवायु अनुकूलन कार्यक्रम घोषणा र सङ्घीयता कार्यान्वयनमा सांसदको जोड

सोमवार, जेठ २६, २०८२

काठमाडौँ, २६ जेठ : राष्ट्रियसभा सांसदहरूले जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव न्यूनीकरण गर्न जलवायु अनुकूलनका कार्यक्रम घोषणा, भ्रष्टाचार नियन्त्रण र सङ्घीयता कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको विशेष समयमा उहाँहरूले लोकतन्त्रवादी शक्तिहरूबीको एकतामा जोड दिँदै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा लैजानुपर्नाका कारणबारे आमनागरिकलाई सुसूचित गराउनुपर्ने बताउनुभयो ।

सांसद गोपाल भट्टराईले लोकतन्त्रवादी शक्तिहरूले एकअर्काप्रति आरोप–प्रत्यारोप गरेर जनतालाई भ्रममा राख्ने प्रवृत्तिबाट पछि हट्नुपर्नेमा जोडदिनुभयो । “प्रतिगामीलाई परास्त गर्दै लोकतन्त्रलाई स्थापित गर्न परिवर्तनकारी दलहरू एक हुनुपर्छ,” उहाँले भन्नुभयो, “लोकतन्त्रले जनतालाई केही दिएन भन्ने सन्देश प्रवाह नगरौँ, उपलब्धिहरू जनतसमक्ष लैजाऔँ ।”

सांसद उर्मिला अर्यालले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरणका लागि विशेष योजना बनाउन सरकारलाई सुझाव दिनुभयो । जलवायु परिवर्तनका कारण अनियमित वर्षा, कृषि उत्पादनमा प्रतिकूलतालगायत समस्या व्यहोर्नु परेको जनाउँदै उहाँले ती समस्यासँग जुध्न एकीकृत नीति लिनुपर्नेमा जोड दिनुभयो ।

सांसद युवराज शर्माले भ्रष्टाचारका घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिँदै राजनीतिको आडमा गरिने भ्रष्टाचार र अनियमितता स्वीकार्य नहुने बताउनुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले नक्कली भूटानी शरणार्थी, वाइडबडी, एनसेल, विद्युत् महसुललगायत ठूला भ्रष्टाचार र अनियमितताका घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सांसद मोहम्मद खालिदले जनसङ्ख्याको अनुपातका आधारमा बजेट विनियोजन नगरेर सरकारले मधेशमाथि अन्याय गरेको बताउनुभयो । सांसद नारायणदत्त भट्टले भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद मायाप्रसाद शर्माले सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित शिक्षा, निजामती, प्रहरी समायोजनलगायत महत्त्वपूर्ण ऐन निर्माणमा गम्भीरता देखाउन सरकार र दलहरूलाई आग्रह गर्नुभयो । सांसद सुमित्रा विसीले परिवर्तनकारी शक्तिहरूले नै व्यवस्था विरोधीलाई टेवा पुग्नेगरी अभिव्यक्ति दिनु आश्चर्यजनक भएको बताउनुभयो ।

सम्बन्धित खबर