बुधवार, भदौ २४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

OECD analizine göre, lisanssız bahis sitelerinde kullanıcı şikayet oranı %18 iken lisanslı platformlarda %2’nin altındadır; bahsegel giriş lisanslı bir platformdur.

Bahisçilerin güvenini sağlayan bettilt politikaları ön plana çıkıyor.

Engellemelere rağmen erişim sağlamak için bettilt kullanılıyor.

झापामा पूर्ण स्तनपान गराउने आमा ५४ प्रतिशत

सोमवार, जेठ २६, २०८२

बनियानी (झापा), २६ जेठ : जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् ।

चालु आर्थिक वर्षको चैत सम्म गरिएको वृद्धि अनुगमन तथ्याङ्कअनुसार सो तथ्याङ्क फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो ।

“शिक्षित र आर्थिक रुपमा सबल भएका परिवारका आमाहरुले नै कम स्तनपान गराउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर, कम शिक्षित र आर्थिक अवस्था कमजोर भएका आमाहरुले बढी स्तनपान गराउने गरेको देखिएको छ ।”

कोशी प्रदेशमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या सन् २०२२ को तथ्याङ्कअनुसार ५३ प्रतिशत छ । नेपालमा सन् २०१६ मा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ६६ प्रतिशत थियो । सन् २०२२ मा उक्त दर ५६ प्रतिशतमा झरेको छ ।

सन् २०१६ को तथ्याङ्कमा नेपालमा नवजात शिशुलाई बट्टाको दूध सेवन गराउने दर १६ प्रतिशत थियो भने सन् २०२२ मा उक्त सङ्ख्या वृद्धि भएर २२ प्रतिशत पुगेको छ । “कोशी प्रदेशमा सबैभन्दा धेरै २५ प्रतिशत बट्टाको दूध सेवन गराउने गरेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो, “उच्च वर्गमा बट्टाको दूधको प्रयोग बढी देखिएको छ ।”

नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनको सङ्ख्या ९४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत पाठकले बताउनुभयो ।

स्तनपानका लागि जन्मेको एक घण्टाभित्र, छ महिनासम्म पूर्ण स्तनपान र छ महिनापछि पूरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने तीन वटा व्यवहार सिफारिस गरिएको छ । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशन कमी आउने उहाँले बताउनुभयो ।

झापामा स्तनपान प्रवर्द्धनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले विविध गतिविधि गर्दै आएका छन् । सरकारी कार्यालय, सार्वजनिक स्थान, बैंक तथा वित्तीय संस्थाहरुमा स्तनपान कक्ष निर्माण गरिएका छन् ।

स्वास्थ्य कार्यालय झापाले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ आमाको दूधसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्तनपान परामर्शदाता तालिम दिने तयारी गरिरहेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा मातृ शिशुमैत्री सेवा प्रदान गरिँदै आएको छ ।

नेपालमा प्रत्येक वर्ष अगस्त १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाइने गरिन्छ । दिगो विकास लक्ष्यमा सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ९० प्रतिशत बढी पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।

सम्बन्धित खबर