Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
अनेरास्ववियु महाधिवेशन: निर्वाचन प्रक्रिया आजबाट सुरु
मङ्गलवार, जेठ २७, २०८२
काठमाडौं, २७ जेठः काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशन अन्तर्गत बन्दसत्रको कार्यक्रमअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको छ।
महाधिवेशनको बन्दसत्र आइतबारबाट सुरु भएको हो। आइतबारको बन्दसत्रमा संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि समूहगत छलफल गरी पारित गरिएको थियो। उक्त प्रतिवेदन पारित भएपछि आज (मंगलबार) बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया अघि बढाइएको अनेरास्ववियु महाधिवेशन अध्यक्ष मण्डलका सदस्य तथा एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए।
महाधिवेशन हलले १५१ सदस्यीय केन्द्रीय समिति, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ। यसपटक अघिल्ला महाधिवेशनहरूमा नभएको नीति तथा अनुगमन आयोग थप गरी तीन आयोग — अनुशासन, लेखा, र नीति तथा अनुगमन आयोग — निर्माण गरिने निर्णय गरिएको छ।
नीति तथा अनुगमन आयोग १३ सदस्यीय रहनेछ, जसमा प्रमुख, उपप्रमुख र सचिवसहितका पदाधिकारी रहनेछन्। त्यस्तै, अनेरास्ववियुको सचिवालय ४९ सदस्यीय हुनेछ, जसका सदस्यहरू महाधिवेशन हलबाटै चयन गरिने छन्।
केन्द्रीय सदस्यहरू भने प्रदेश क्लस्टर प्रणालीमार्फत चयन गरिने बताइएको छ। निर्वाचन प्रक्रियाले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई आगामी कार्यकालका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।