Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
देशको हितमा लागिरहने पूर्वराष्ट्रपति भण्डारीको प्रतिबद्धता
मङ्गलवार, जेठ २७, २०८२
विराटनगर, २७ जेठ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सधैं देश र जनताको पक्षमा काम गर्दै आएको स्पष्ट पार्नुभएकाे छ। पूर्वी नेपालको भ्रमणपछि काठमाडौं फर्किंदै गर्दा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले देशको हितमा लागिरहने प्रतिबद्धता दोहोर्याउनुभयाे ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक यात्रा नेकपा (एमाले) बाट शुरू भएको र सक्रिय राजनीतिमा फर्किए पनि स्वाभाविक रूपमा एमालेमै रहने स्पष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे, “एकचोटि नाता जोडिएपछि सधैं रहिरहन्छ। म जन्मे-हुर्केको पनि यही धार हो। हिजोदेखि वामपन्थी आन्दोलनमा लागिएको हो, आज पनि यही धारमा छु।”
राजनीतिक भेटघाट र भ्रमणका क्रममा आफूलाई एमालेका नेताहरू वा कमिटीबाट अनुमति लिनु आवश्यक नपर्ने उहाँले प्रस्ट पार्नुभयाे। “पूर्वमा म दुई कार्यक्रमका सन्दर्भमा आएको थिएँ। मलाई पनि रुचि थियो, उहाँहरूले बोलाउनुभयो। कार्यकर्तासँग चिनजान धेरै छ। जनताको आकांक्षा बुझ्न घुमिरहेकी छु,” उहाँले भन्नुभयाे।
भण्डारीले आफूले कहिल्यै गुटगत राजनीति नगरेको दाबी गर्दै भन्नुभयाे, “अध्यक्ष ओलीले मलाई लक्षित गरेर भन्नुभएको हो जस्तो मलाई लाग्दैन। म गुट नबनाउने मान्छे हुँ, उहाँले पनि त्यस्तो भन्नु भएको होइन होला।”
उहाँले थप भन्नुभयाे, “अरू आकांक्षीको मनमा प्रश्न उठेको हुन सक्छ, तर मैले कुनै व्यक्तिगत आकांक्षा राखेकी छैन। जहाँ जसरी हुन्छ, देश र जनताको पक्षमा काम गर्ने हो।”