Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा लागूऔषध तथा मादक पदार्थ दुर्व्यसन विरुद्ध अभिमुखीकरण सम्पन्न
बुधवार, जेठ २८, २०८२
बिर्तामोड,२८ जेठ : बिर्तामोड नगरपालिकाको आयोजना र गैसस महासंघ नेपाल, झापा शाखाको सहजीकरणमा मनकामना कलेज बिर्तामोडमा लागू औषध तथा मादक पदार्थ दुर्व्यसन विरुद्ध अभिमुखीकरण तथा प्रहसन कार्यक्रम सम्पन्न भएको छ।
गैसस महासंघ झापाका अध्यक्ष कृष्ण दंगालको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। कार्यक्रममा मनकामना कलेजका सामाजिक कार्य (BASW) संकायका विद्यार्थीहरूले लागू औषध तथा मादक पदार्थ दुर्व्यसनविरुद्ध सन्देशमूलक प्रहसन प्रस्तुत गरेका थिए।
अभिमुखीकरण सत्रमा सोमराज ढकालले लागू औषध तथा मादक पदार्थ दुर्व्यसनको सामाजिक, मानसिक र कानुनी पक्षहरूबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन सचिव विजय तिम्सिनाले गर्नु भएको थियो भने स्वागत मन्तव्य क्याम्पस प्रमुख प्रेम प्रसिद्ध भट्टराईले राख्नु भएको थियो।
कार्यक्रमको उद्देश्य युवाहरूलाई लागू औषध तथा मादक पदार्थका नकारात्मक असरहरूबारे सचेत गराउँदै समाजमा सकारात्मक रूपान्तरण ल्याउने रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, सामाजिक अगुवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।