बुधवार, असार ११, २०८२
Nayapaper | अनलाइन पत्रिका

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

शुक्रवार, जेठ ३०, २०८२

सुनसरी, ३० जेठः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताउनुभएको छ ।  
 
आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उहाँले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताउनुभयो । “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ”, महामन्त्री थापाले भन्नुभयो । 
 
 उहाँ तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आउनुभएको हो । 
 
त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गर्नुभयो । उहाँले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताउनुभयो । 
सम्बन्धित खबर