बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा सिकाइ उपलब्धि सुधार कार्ययोजना निर्माण सम्पन्न

शुक्रवार, जेठ ३०, २०८२

बिर्तामोड,३० जेठ : बिर्तामोड नगरपालिकाले 'सिकाइ उपलब्धि सुधार अभियान- २०८१' को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू तय गरिएका छन्।

लक्ष्य हासिल र चुनौती:
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सबै सरोकारवाला पक्षको सहकार्यले मात्र उपलब्धि हासिल हुने बताउनुभयो। उहाँले कक्षा ८ को नतिजा अनुसार गणित, विज्ञान र सामाजिक विषयमा गुणस्तर कमजोर देखिएको उल्लेख गर्दै सकारात्मक सिकाइ आवश्यक रहेको बताउनु भयो। यद्यपि, माथिल्लो कक्षा पढ्न पाउने विद्यार्थीको सङ्ख्यामा सुधार आएको र गत वर्ष ९६ प्रतिशत रहेकोमा यस वर्ष ९७ प्रतिशत पुगेको जानकारी दिनुभयो।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले गत साल प्रतिवद्धता गरिएका ६९ देखि ९१ सम्मका सिकाइ उपलब्धि लक्ष्य हासिल गरिएको जानकारी दिनुभयो। उहाँले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन पक्ष सबैको संयुक्त प्रयासले मात्र सिकाइ उपलब्धि हासिल हुने र त्यसबाट नगरपालिकाले पनि सफलताको जस लिने अवसर मिल्नेमा जोड दिनुभयो।

शिक्षा अधिकृत लासाङ तामाङले नगरपालिकाले शिक्षाको गुणस्तरका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र यसबाट सिकाइ उपलब्धि वृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

शैक्षिक सत्र २०८२ का लागि प्रतिबद्धता पत्र:
कार्यक्रममा सिकाइ उपलब्धि सुधारका लागि प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग 'प्रतिबद्धता पत्र-२०८२' मा हस्ताक्षर गराइएको छ। यस प्रतिबद्धता पत्रका मुख्य बुँदाहरू यसप्रकार छन्:

१. सिकाइ उपलब्धि सुधार अभियान - २०८१ का प्रतिबद्धताहरू र कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तर कार्यान्वयन गर्ने।
२. विद्यालयबाट शिक्षक तालिममा गएर फर्किएपछि सिकेका मुख्य विषयवस्तुहरू कक्षाकोठामा पूर्णरूपमा उपयोग गर्ने शिक्षकको कार्ययोजना सहितको प्रतिबद्धताको अभिलेख तालिम पुस्तिकामा राखी सोको अनुगमन प्रधानाध्यापकले गर्ने।

३. शिक्षकले गर्ने कार्यमूलक अनुसन्धान र घटना अध्ययन लगायतका अनुसन्धानको प्रमाणित अभिलेख पुस्तिका राखी त्यस्ता अनुसन्धानबाट आएका निष्कर्ष तथा योजना शिक्षण सिकाइमा प्रयोग भए/नभएको प्रभावकारी अनुगमन गर्ने।

४. प्रत्येक कक्षाकोठालाई विद्यार्थीको सहभागितामा शिक्षण सिकाइसँग सम्बन्धित सामग्रीहरू निर्माण गरी कक्षाकोठाको सजावट गर्ने र सिकाइमा प्रयोग गर्ने।

५. अघिल्लो परीक्षाको नतिजालाई आधार मानेर हरेक विषय शिक्षकलाई एक वर्षमा विषयगत सिकाइ उपलब्धि कति वृद्धि गर्ने भन्ने लक्ष्य निर्धारण गरी कार्यान्वयनको योजना सहितको शिक्षण सुधार गर्ने।

कार्यक्रममा मोहनमाया माविका विज्ञान शिक्षक लब तामाङ र लिटल फ्लावर्स अंग्रेजी माविकी अंग्रेजी शिक्षक प्रभा पराजुली शर्मालाई सम्मान गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले संस्थागत विद्यालयहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नगर क्षेत्रका सबै अगुवा शिक्षकहरूको उपस्थिति रहेको थियो।

 

सम्बन्धित खबर