बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी: गृहमन्त्री

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौँ, ३० जेठः गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताउनुभएको छ । 
 
प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताउनुभयो ।     प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नुपरिरहेको उहाँको भनाइ थियो । 
 
“सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरु सीमित स्रोत र साधानका भरमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो– “सरकारले प्रर्याप्त ध्यान दिँदैछ, दिन्छ ।” आगामी आर्थिक वर्ष २०८२÷८३ मा तुलनात्मक रुपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रुपमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । 
 
“अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो । विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । 
 
“अभियोजनका क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन् । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो– “विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण सङ्कलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।” 
 
   फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ थियो । “फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौँ की सकेनौँ ? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको व्यक्तिलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौँ की सकेनौ”, उहाँले भन्नुभयो–“त्यो फौजदारी न्यायको मुख्य उद्देश्य हो । यो क्षेत्रमा अत्यन्त मेहनत र क्रियाशिलताका साथ, अत्यन्त बुद्धि र विकेक प्रयोग गरेर काम गर्न जरुरी छ ।”
सम्बन्धित खबर