बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशी टप्पुमा मलाहा बिरालो संरक्षणका लागि पहल सुरु

शनिवार, जेठ ३१, २०८२

सुनसरी, ३१ जेठ: कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ तथा संकटापन्न प्रजातिको मलाहा बिरालो (fishing cat) को संरक्षण गर्न समुदायमा सचेतना अभियान थालिएको छ ।

संरक्षणको अभावमा संकटमा परेको मलाहा बिरालोको संरक्षणका लागि आरक्षले स्थानीय समुदाय, संरक्षणकर्मी, अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा पहल सुरु गरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष (कोशी प्रदेश) तथा फिसिङ क्याट कन्जर्भेसन एलायन्सको सहकार्यमा सुरु भएको कार्यक्रमबाट मलाहा बिरालोको संरक्षणप्रति समुदायमा थप चेतना फैलिने विश्वास गरिएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

नेपालको तराई क्षेत्रमा पाइने यो दुर्लभ बिरालो प्रजातिको हो, जसलाई स्थानीय भाषामा ‘मलाहा बिरालो’ भनिन्छ । विशेषगरी सिमसार, नदी किनार तथा दलदलीय क्षेत्रमा बसोबास गर्ने यो जनावर माछा खानमा निकै दक्ष हुने मलाहा बिरालोका बारेमा अनुसन्धान तथा विद्यवारिधि गरेकी विज्ञ रमा मिश्रले बताउनुभयो ।

उहाँका अनुसार यस प्रजातिबारे समुदायमा भ्रम छ, जसका कारण मानिसबाट नै यसलाई खतरा हुन थालेको छ । यसको जीवनशैली, बासस्थान र सिकार गर्ने तरिका अन्य बिरालो भन्दा फरक हुन्छ । यसले पानी प्रतिरोधी रौं, झिल्लिदार खुट्टा तथा रबरजस्तो पुच्छरको प्रयोग गरेर कुशलता पूर्वक पौडन्छ र माछा समात्छ । पछिल्लो समय सिमसार क्षेत्रको विनाश, माछाको संख्या घट्नु, तथा मानवद्वारा निर्मित माछा पोखरीमा राखिएका कुकुरहरूका कारण मलाहा बिरालोको संख्या दिनप्रतिदिन घटिरहेको मिश्रको भनाइ छ ।

नेपालमा हालसम्म मलाहा बिरालोको विस्तृत वैज्ञानिक सर्वेक्षण वा जनगणना सम्पन्न भएको छैन । तर प्रारम्भिक अनुमान अनुसार देशभर ५ सय वटासम्म मलाहा बिरालो रहेको अनुमान गरिएको छ । नेपालमा सुनसरीदेखि कञ्चनपुरसम्म यसको उपस्थितिको अभिलेख छ, भने संरक्षित क्षेत्रहरूमध्ये कोशी टप्पु वन्यजन्तु आरक्षमा २०, चितवनमा ९ देखी २५ वटा सम्म सुक्लाफाटमा ९ वटा सम्म भएको तथ्यांक रहेको छ । त्यसतै पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जहरूमा यसको उपस्थित रहेको छ ।

यसका अतिरिक्त, बारा, कपिलवस्तु र सुनसरीका माछा पोखरी क्षेत्रहरूमा पनि मलाहा बिरालोको उपस्थिति देखिएको छ । मिश्रका अनुसार, ‘तराई क्षेत्रमा माछा पोखरी निर्माण बढिरहेको छ, तर यस्ता क्षेत्रमा संरक्षणको दृष्टिकोण भने कमजोर छ । संरक्षण रणनीति नअपनाए यो प्रजाति नेपालबाट लोप हुने खतरामा छ ।’

मलाहा बिरालो नेपाल बाहेक भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, कम्बोडिया, थाइल्याण्ढ र म्यानमारसहित आठ देशमा मलाहा बिरालोको उपस्थिति पाइएको छ ।

सम्बन्धित खबर