बिहिवार, असार १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

मासु अड्किएर धनकुटामा एक वृद्धको ज्यान गयो

शनिवार, जेठ ३१, २०८२

धनकुटा , ३१ जेठ: धनकुटामा मासु खानेक्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर ज्यान गएको हो ।

जेठ २१ गते घाँटीमा मासु अड्किएपछि लिम्बूलाई उपचारका लागि विराट अस्पताल विराटनगर लगिएको थियो ।

मासु घाँटीबाट निकालिएको भए पनि असर पारेका कारण उपचारको क्रममा गएराति लिम्बूको ज्यान गएको डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

सम्बन्धित खबर