Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
स्कटल्याण्डमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपालको टोली घोषणा
शनिवार, जेठ ३१, २०८२
काठमाडौँ, ३१ जेठ: स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शृङ्खलाका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा रुपेश र किरण समेटिएका हुन् ।
नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ । टोलीमा लोकेश बमले पुनरागमन गर्नेछन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।
स्कटल्याण्डमा हुने टी–२० शृङ्खलाको पहिलो खेलमा भोलि घरेलु टोली र नेदरल्यान्ड्सबीच खेल हुनेछ । नेपालले पर्सि सोमवार नेदरल्यान्ड्ससँग खेल्दै शृङ्खलाको शुरुआत गर्नेछ ।