शुक्रवार, असार १३, २०८२
Nayapaper | अनलाइन पत्रिका

सुन्दरहरैंचामा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

शनिवार, जेठ ३१, २०८२

मोरङ, ३१ जेठ: मोरङको सुन्दरहरैंचा नगरपालिका–७, गोठगाउँमा माछा मार्ने प्रयासका क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।

शनिबार बिहान मदेली खोलामा करेन्ट प्रवाह गर्दा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरूले विजुलीको पोलबाट हुकको सहायताले खोलामा करेन्ट प्रवाह गरेका थिए। यस क्रममा करेन्ट लागेर दुबै जनाको ज्यान गएको हो।

मृतक दम्पतीका शव पोष्टमार्टमका लागि धरान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खबर