Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
अहमदावाद विमान दुर्घटना, मृतकको संख्या २७५ पुग्यो
शनिवार, जेठ ३१, २०८२
काठमाडौँ, ३१ जेठ: बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामास्थलमा शनिबार थप उक शव फेला परेको छ । बिजे मेडिकल कलेजको होस्टलबाट खण्डहर हटाउँदै गर्दा विमानको पुच्छरमा फसेको एक शव फेला परेको हो ।
पोस्टमार्टमपछि उक्त शव एयर होस्टेजको रहेको पुष्टि भएको छ । यता दुर्घटनामा मरेका व्यक्तिहरुको डीएनए परीक्षणको काम जारी रहेको छ । सिभिल अस्पतालबाहिर मृतकका परिवार जम्मा भएका छन् ।
अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ । आड शवको शनाखत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ । विमानमा क्रू र यात्री गरी २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बच्न सफल भएका छन् ।
बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएको छ । जसमा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ थिए । शनिबार अहमदावादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।