विराटनगर, ३१ जेठ: मोरङ र सुनसरीको विभिन्न स्थनाहरुबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्रउ गरेको छ ।
जेठ ३० गते बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सुनसरी-१५ का २७ वर्षीय पहल मगरलाई ब्राउन सुगर १ ग्राम ७७ मिलिग्राम सहित र प्रहरी चौकी राजघाटले मोरङ उर्लाबारी-९ का २३ वर्षीय विवेक लिम्बुलाई ३५ मिलिग्राम ब्राउन सुगर साहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-१० का २३ बर्षीय दिपेश जैसवाल र ३० वर्षीय कराम आङला लिम्बुलाई प्रतिबन्धित औषधी १९४ चक्कीसहित पक्राउ गरेको छ ।





