विराटनगर, १ असारः कोशी प्रदेश सरकारले आइतबार(आज) आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै छ । अपराह्न ३ बजेकालागि प्रदेशसभा बैठक बोलाइएको छ ।
सभामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन् । चालु आर्थिक वर्षका लागि कोशी सरकारले रु. ३६अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो ।
प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ।
झापाको गौरदहमा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामीआर्थिक वर्षको बजेट ३७ अर्ब हाराहारीको हुने बताउनुभययो । “अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेकाछौँ,” उहाले भन्नुभयो, “वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ ।”
कोशी सरकारले संघीय सरकारबाट प्राप्त गर्ने अनुदान घट्दो क्रममा रहनु र आन्तरिक आयमा समेत संकुचन आउनुले बजेटको आकारबढाउन नसकिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
कोशी प्रदेशसभाका कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यका अनुसार सभामा आर्थिक विधेयक र विनियोजन विधेक पेसहुनेछ ।




