जनकपुरधाम, १ असार धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर भएका छन् ।
धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ती तिराउने आदेशदिएको हो ।
न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागिपेश गर्ने निर्णय सुनाएको थियो ।
जेठ २९ गतेको पेशीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेशीमा न्यायाधीश वर्देवाकोइजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ती तिराउने आदेश दिएको हो ।
श्रीमानले जवरजस्ती करणी गरेको भन्दै धनुषा जिल्ला अदालतमा २०७९ चैत २१ गते श्रीमतीले मुद्दा दायर गरेकी थिइन् ।मुद्दा दायरगरेपछि २०८० साउन २१ गते पहिलो पेशी चढेको थियो ।
पहिलो पेशीमा अदालतले धरौटी माग गर्ने आदेश दिएको थियो ।कुल ३६ वटा पेशी चढेपछि शुक्रबार उनको मुद्दामा अन्तिम आदेशआएको हो ।





