बिर्तामोड, १ असार : कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा दोश्रो स्थान प्राप्त गर्ने देवी माध्यमिक विद्यालयका ४ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।
आज एक संक्षिप्त कार्यक्रमका विच विद्यालयले ‘देवी रोबोट´ निर्माण गर्ने सबिन बास्कोटा, आयुष प्रसाइ, अनिष कटुवाल र सुवर्ण राउतलाई सम्मान गरेको हो । विद्यालयले कक्षा ११ मा अध्ययनरत यी विद्यार्थीहरुको लागि कक्षा १२ मा नि:शुल्क छात्रवृतिसमेतको व्यवस्था गरेको छ ।
नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेशको आयोजनामा जेठ २४ देखि २६ गतेसम्म भएको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा देवी माध्यमिक विद्यालय दोश्रो बनेको थियो ।प्रतियोगितामा बुद्धशान्ति-२ को आदर्श माध्यमिक विद्यालय, जयपुर पहिलो, बिर्तामोडको देवी माध्यमिक विद्यालय दोश्रो र तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालय तेश्रो बनेका हुन् । उनीहरुले क्रमश ४ लाख, ३ लाख र २ लाख रुपैयाँ पुरुस्कार प्राप्त गरेका थिए ।
यसबाहेक, पाँचथरको फिदिम मावि, इलामको फिक्कल मावि, सुनसरीको ल्याबोरटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि, धनकुटाको त्रिवेणी मावि तथा मोरङको रिलाइन्स अंग्रेजी माविले प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका थिए ।
रोबोर्ट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् https://www.facebook.com/share/v/1GSg4KhuMz/?mibextid=wwXIfr





