Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
इलामबाट ३२ लाखको गहनासहित दुई भारतीय पक्राउ
सोमवार, असार २, २०८२
इलाम, १ असार : इलामको सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले करिब ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ बराबरको सुन र चाँदीको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेशका ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका अनुसार भारततर्फ जाँदै गरेका ती व्यक्तिहरूलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको विभिन्न प्रकारका गहना तथा मालाहरू बरामद गरिएको हो। बरामद गरिएका गहना झोलामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुनचाँदी व्यवसायी संघ बिर्तामोड झापामा परीक्षण गराउँदा उक्त गहनामा जलप लगाइएको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ती गहना नेपालबाट भारत लैजाँदै गरिएको देखिए पनि गहनाहरू कहाँबाट ल्याइएका थिए र कुन प्रयोजनका लागि लैजाँदै थिए भन्ने खुल्न सकेको छैन।
बरामद गहनासहित दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय, पशुपतिनगर, इलाममा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।