Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापामा जंगली हात्ती मृत अवस्थामा फेला
सोमवार, असार २, २०८२
झापा, २ असार: झापाको मेचीनगर नगरपालिका–१ स्थित कोसेली चोकमा आज बिहान एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
लिलाप्रकाश रिजालको मकैबारीमा आज बिहान करिब ९:४५ बजे एक पोथी जंगली हात्ती मृत भेटिएको हो। मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन भने घटनाबारे अनुसन्धान गर्न डिभिजन वन कार्यालय, झापाबाट प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको जनाइएको छ।
झापामा यसअघि पनि जंगली हात्तीको मृत्युका घटनाहरू घटिसकेका छन्। जेठ १९ गते राति कमल गाउँपालिका–३ स्थित रतुवामाई बृक्षरोपण आयोजना अन्तर्गतको जंगलमा करेन्ट लागेर एक हात्तीको मृत्यु भएको थियो। त्यसअघि, जेठ ७ गते बुद्धशान्ति गाउँपालिका–५ को पाँचपोखरी सामुदायिक वनमा पनि एक जंगली हात्ती मृत फेला परेको थियो।
यस घटनासँगै चालु आर्थिक वर्षमा झापामा चारवटा जंगली हात्तीको मृत्यु भइसकेको छ, जुन संख्या गत आर्थिक वर्षको मृत्युसंख्या (४ वटा) सँग समान छ। यस्तै, यो आर्थिक वर्षमा हात्तीको आक्रमणबाट जिल्लामा चार जनाले ज्यान गुमाइसकेका छन्।