बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा भौतिक पूर्वाधारको उल्लेख्य प्रगति : दुई वर्षभित्र सबै सडक निर्माण सम्पन्न गर्ने लक्ष्य

सोमवार, असार २, २०८२

बिर्तामोड, २ झापा : बिर्तामोड नगरपालिकाले सडक सञ्जाल र अन्य भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण प्रगति हासिल गरेको जनाएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले नगरवासीको आवश्यकता र बजेटको अवस्था हेरेर विकास निर्माणलाई अगाडि बढाइएको बताउनुभयो। उहाँले भौतिक पूर्वाधारका क्षेत्रमा भएका कामहरू स्पष्ट रूपमा देखिने गरी गरिएको र आगामी दिनमा प्राथमिकताका आधारमा संरचनाहरू बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। बिर्तामोडको विकासमा माथिल्लो तहबाट पनि सहयोग प्राप्त भइरहेको र आगामी दुई वर्षभित्र सबै सडक निर्माणको काम सम्पन्न गरिने उहाँको भनाई छ।

नगर-उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकाले सडक क्षेत्रमा जनताले महसुस गर्ने गरी काम गरेको जानकारी दिनुभयो।उपप्रमुख संग्रौलाका अनुसार नगरपालिकाले २१३ किलोमिटर कालोपत्रे र पेभर्स सडक निर्माण सम्पन्न गरेको छ भने ३०६.५२ किलोमिटर सडक ग्राभेल गरिएको छ।

अन्य प्रमुख पूर्वाधार विकासका कार्यहरू:
◼️आवास तथा भवन निर्माण:
५९२ वटा विपन्न आवास निर्माण।
९० वटा भवन मर्मत।
१८२ वटा सामुदायिक भवन मर्मत तथा निर्माण।
१० वटा अस्पताल निर्माण।
६ वटा प्रशासनिक भवन निर्माण।

◼️सडक पूर्वाधार तथा जल निकास:
३१.८ किलोमिटर नाला ड्रेन निर्माण।
५४.५१ किलोमिटर प्लम निर्माण।
१५१ वटा कल्भर्ट निर्माण र ४२ वटा कल्भर्ट मर्मत।
९ वटा फलामे पुल र ३ वटा झोलुङ्गे पुल निर्माण।
११७१ वटा ह्युमपाइप कल्भर्ट जडान।
९४३१.३ मिटर तटबन्धन निर्माण।

◼️विद्युत तथा खानेपानी:
२६२ वटा बिजुलीको पोल विस्तार।
१४ वटा सोलार सडकबत्ती र ९९६ वटा सडकबत्ती जडान।
१०,३४० मिटर खानेपानी पाइपलाइन विस्तार।
५१ थान ट्युबेल उपलब्ध।
६० मिटर नहर कुलो निर्माण।
◼️अन्य:
५३१ परिवारलाई गोबरग्यास प्लान्ट जडानमा सहयोग।
९ वटा खेल मैदान निर्माण।

आगामी योजना र सहकार्य
नगर उपप्रमुख संग्रौलाका अनुसार बिर्तामोड नगरपालिकाले सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ। केही सडकहरू निर्माण गर्न बाँकी रहे पनि अबको २ वर्षभित्र सबै सडक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।बिर्तामोडका कुनै पनि वडाबाट नगर जोड्ने सडकहरू निर्माण गर्न बाँकी नरहेको बताइएको छ।कालोपत्रे र पेभर्समा गुणस्तरलाई ध्यान दिइएको र बाँकी रहेका सडकको काम पनि दुई वर्षभित्र सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो। पालिकाबाट-पालिका जोड्ने सडकहरू निर्माणका लागि नगरपालिकाले प्रदेश र संघीय सरकारसँग सहयोग लिनेछ। साना सडकहरूको निर्माणमा भने पालिकाले जनतासँग ६०-४० को साझेदारी गरेको छ।

◼️निर्माणाधीन तथा योजनाबद्ध सडकहरू:
बिर्तामोड १ र बिर्तामोड ५ बाट अर्जुनधारा जाने सडक जोडिएको।
बिर्तामोड २ देखि कनकाई जाने सडक जोडिएको र घाग्रा खोलामा ट्रस्ट पुलको लागि स्माप निर्माण जारी।
देउनियाँ खोला हुँदै हल्दिवारी र हर्चनादेखि हल्दिवारी जाने सडकमा काम जारी।
सैनिकमोड गोल्धाप निर्माण सम्पन्न हुने तयारीमा।
द्रोणमार्ग–बाह्रदशी–कट्टरडाँगी सडक आगामी साउनभित्र सम्पन्न गर्ने योजना।
बिर्तामोड २ का ठूला सडक निर्माणको काम सम्पन्न।
गरामनी पूर्व पुरानो गोल्धाप शिविर जाने सडक निर्माणको आवश्यकता।
नगरको ठूलो योजनाका रूपमा रहेको बुट्टाबारी–प्याकुरेल सडक आगामी भदौभित्र सम्पन्न हुने।

सम्बन्धित खबर