बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशी प्रदेशको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

सोमवार, असार २, २०८२

मोरङ, २ असार : कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक र सन्तुलित रहेको बताउनुभएको छ । 
 
कोशी प्रदेश सरकारले आइतबार प्रदेशसभामा पेस गरेको बजेटबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा ऊर्जा, सवारी अनुमतिपत्र, विपद् व्यवस्थापनलगायत क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो ।
 
उहाँले २०८२ पर्यटन वर्षका रूपमा रहेको र हालसालै भएको लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साहलाई मध्यनजर गरी उद्योग स्थापना, रुग्ण उद्योगलाई पुनर्जीवन र पर्यटन प्रवर्द्धनलाई सहयोग पुग्नेगरी प्रदेशले सङ्कलन गर्ने राजस्वमा विभिन्न खाले छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
 
मन्त्री मगरले आगामी वर्षमा प्रदेश सरकारले प्रस्ताव गरेको सुधारबाट आन्तरिक राजस्व वृद्धि भई रु पाँच अर्ब ५० करोड पुग्ने अनुमान रहेको बताउनुभयो । बजेटले प्रस्ताव गरेको कार्यक्रम तथा सुधारबाट प्रदेशको विकासमा सहयोग पुग्ने विश्वास लिइएको बताउनुभयो ।
 
प्रदेश सरकारले आइतबार प्रदेशसभामा आगामी वर्षका लागि रु ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको थियो । बजेटमा प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ९८ करोड ३४ लाख, ससर्त अनुदानबाट रु चार अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट रु ३९ करोड, १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट गरि रु ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु ३५ करोड छ लाख खर्च गरिने र बाँकी अपुग रकम रु तीन अर्ब १३ करोड नगद मौज्दातबाट व्यहोरिने उल्लेख छ ।
सम्बन्धित खबर