Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा ‘दोस्रो हेल्थ टुरिजम मार्ट’को आयोजना
सोमवार, असार २, २०८२
बिर्तामोड, २ असार : नेपालमा बढ्दो स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवामा भएको प्रगतिका साथै भारत र भुटान लगायतका छिमेकी मुलुकहरूसँगको भौगोलिक निकटतालाई मध्यनजर गर्दै बिर्तामोडमा ‘दोस्रो हेल्थ टुरिजम मार्ट’ आयोजना हुने भएको छ ।
नेपाल टुरिजम बोर्डको आयोजना तथा नाट्टा कोशी प्रदेश र होटल व्यवसायी संघ झापा जिल्लाको सह-आयोजनामा आषाढ १४ गते ‘दोस्रो हेल्थ टुरिजम मार्ट’ आयोजना गरिने भएको हो ।
कार्यक्रममा झापासहित कोशी प्रदेश भित्रका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्रहरूका साथै पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र होटल व्यवसायीहरूको सहभागिता रहने नाटा कोशी प्रदेशका महासचिव नविन खरेलले बताउनु भयो ।
यस मार्टमार्फत नेपालका स्थानीय बासिन्दा मात्र नभई छिमेकी राष्ट्रका नागरिकहरूलाई पनि गुणस्तरीय सेवा तथा उपचारको जानकारी र सहज पहुँच पुर्याउने अपेक्षा गरिएको कार्यक्रम संयोजक शेखर ढकालले जानकारी दिनुभयो ।