बिहिवार, असार १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडमा ‘दोस्रो हेल्थ टुरिजम मार्ट’को आयोजना

सोमवार, असार २, २०८२

बिर्तामोड, २ असार : नेपालमा बढ्दो स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवामा भएको प्रगतिका साथै भारत र भुटान लगायतका छिमेकी मुलुकहरूसँगको भौगोलिक निकटतालाई मध्यनजर गर्दै बिर्तामोडमा ‘दोस्रो हेल्थ टुरिजम मार्ट’ आयोजना हुने भएको छ ।

नेपाल टुरिजम बोर्डको आयोजना तथा नाट्टा कोशी प्रदेश र होटल व्यवसायी संघ झापा जिल्लाको सह-आयोजनामा आषाढ १४ गते ‘दोस्रो हेल्थ टुरिजम मार्ट’ आयोजना गरिने भएको हो ।

कार्यक्रममा झापासहित कोशी प्रदेश भित्रका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्रहरूका साथै पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र होटल व्यवसायीहरूको सहभागिता रहने नाटा कोशी प्रदेशका महासचिव नविन खरेलले बताउनु भयो ।

यस मार्टमार्फत नेपालका स्थानीय बासिन्दा मात्र नभई छिमेकी राष्ट्रका नागरिकहरूलाई पनि गुणस्तरीय सेवा तथा उपचारको जानकारी र सहज पहुँच पुर्याउने अपेक्षा गरिएको कार्यक्रम संयोजक शेखर ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खबर