Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा २० लाख रुपैयाँ संकलन
सोमवार, असार २, २०८२
बिर्तामोड,२ झापा: बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा हालसम्म २० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
संघका कोषाध्यक्ष युवराज निरौलाका अनुसार व्यवसायीहरूले संघको कार्यालयमा आफ्नो जन्मदिन मनाउने क्रम बढेसँगै उक्त रकम संकलन भएको हो।व्यवसायीहरूलाई दैवी प्रकोप परेका बेला सहयोग पुर्याउने उद्देश्यले संघले १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।
यस कोषमा योगदान पुर्याउने गरी झापाका व्यवसायीहरूले आफ्नो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा उत्साहका साथ मनाउँदै आएका छन् ।
संघले व्यवसायीहरूलाई शुभकामना व्यक्त गर्दै सम्मानपत्र प्रदान गर्ने र सामूहिक केक काट्ने विशेष कार्यक्रम आयोजना गर्न थालेपछि यो प्रचलन निकै लोकप्रिय बनेको हो । गत वर्षबाट सुरु गरिएको यस कार्यमा हालसम्म ५० भन्दा बढी व्यवसायी, सामाजिक व्यक्तित्व र नागरिक समाजका अगुवाहरूले जन्मदिन मनाइसकेका छन्।
यस कार्यले व्यवसायीहरूबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै सामाजिक उत्तरदायित्वमा समेत महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ ।