Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पर्वतीय पर्यटन प्रवर्द्धनमा सरकारको प्राथमिकता: भौतिक पूर्वाधार मन्त्री दाहाल
सोमवार, असार २, २०८२
काठमाडौँ, २ असार: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनमा सरकारले प्राथमिकता दिएको बताउनुभएको छ। उहाँले पर्यटकीय गन्तव्यहरूसम्म पुग्ने सडक, पुल लगायतका संरचनाहरूको निर्माण, विकास र स्तरीकरणमा मन्त्रालयले जोड दिएको उल्लेख गर्नुभयो।
अठारौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको सोमबार अवलोकन गर्दै मन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो। मन्त्री दाहालले नेपालको पर्वतीय पर्यटनले विश्वकै पर्यटकहरूलाई आकर्षित गरेको भन्दै यसलाई थप व्यवस्थित र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालको आर्थिक विकासका लागि पर्यटन बलियो सम्भावना भएको क्षेत्र रहेको र यसको माध्यमबाट स्वरोजगारी सिर्जना गर्न सकिने धारणा राख्नुभयो। सोही क्रममा राससका महाप्रबन्धक सिद्धराज राईले मन्त्री दाहाललाई रासस मिडिया सङ्ग्रहालयको समेत अवलोकन गराउनुभएको थियो।
गत जेठ ११ गतेदेखि सुरु भएको यस प्रदर्शनीमा नेपालका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यका ९६ वटा तस्बिरहरू राखिएको राससले जनाएको छ।