Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
राष्ट्रिय युवा संघको सचिवमा भण्डारीको उम्मेदवारी घोषणा
बिहिवार, चैत २३, २०७९
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवमा झापाका युवा नेता पर्वत भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जमा हुन गइरहेको ९ औं राष्ट्रिय महाधिवेशनका लागि भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन् ।
पूर्व नेपालमा सक्रिय एवम् प्रभावशाली युवा नेताका रुपमा स्थापित भण्डारीले औपचारिक रुपमा सचिवको उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनले आम युवा साथीहरुको भावना अनुरुप सचिवमा उम्मेद्वारी दिने तयारी गरेको बताएका हुन् ।
०६७ देखि युवा संघमा क्रियाशिल भण्डारी पाँचथर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय सदस्य एवम् उधोग विभाग प्रमुख रहेर जिम्मेवारी सम्हालेका छन् । तत्कालिन मेची अञ्चल कमिटी सदस्य, पाँचथर इञ्चार्ज, सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य, नेकपा कालमा स्थायी कमिटी सदस्यको जिम्मेवारी पुरा गरिसकेका भण्डारीले तमाम युवाहरुको आवाज सम्बोधन गर्ने गरी नेतृत्वमा जान लागेको बताए ।
नेपालको युवा आन्दोलनमा राष्ट्रिय युवा संघ नेपाललाई थप सशक्त, प्रभावकारी उपस्थितिका साथ अघि बढाउन आफ्नो उम्मेद्वारी रहेको बताए । नेपाली युवाहरुलाई राजनीतिसँगै उद्यमी बनाउने संकल्प गरेका नेता भण्डारीले नेतृत्व चयन प्रतिष्पर्धाबाट हुनुपर्ने माग गरिरहेका छन् । महाधिवेशनमा युवाहरुबीच प्रतिष्पर्धा गर्न दिनुपर्छ, त्यसले मात्रै सक्षम नेतृत्व गर्न सक्छ, उनले भने ।
नेपालगंजको बाँकेमा चैत २७–२९ गते हुन गइरहेको राष्ट्रिय महाधिवेशनले नेपालको युवा आन्दोलनलाई हाक्ने नेतृत्व चयनमा आफु विश्वस्त रहेको उनको भनाई छ ।