बुधवार, साउन ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

ब्राउनसुगरसहित सुरुङगाका दर्जी पक्राउ

मङ्गलवार, असार ३, २०८२

झापा, ३ असार: कन्काई ४ सुरुङगा बस्ने ३३ वर्षीय सञ्जित सिवा दर्जी २२ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

हिजो बिहान ११ बजे मेचीनगर –६ काँकरभिट्टास्थित मेची पुलमा भारतबाट सिटीसफारीमा आउँदे गरेका दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तलासी लिने क्रममा झोलाभित्र चिनीमा प्याक गरेको प्लाष्टिकको पोका खोली हेर्दा प्लाष्टिकसहित २२ ग्राम ५७० मिलिग्राम र प्लाष्टिकबाहेक २१ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

सम्बन्धित खबर