बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय नगरपालिका

मङ्गलवार, असार ३, २०८२

इलाम, ३ असारः सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ ।

नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो ।

सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलका अनुसार वडाबाट सिफारिस भएका ३२ जना छोरीबुहारीसँग औपचारिक सम्झौता भइसकेको छ । प्रत्येक विद्यार्थीका लागि रु ३२ हजार ९०० का दरले रु १० लाख ५२ हजार ८०० क्याम्पसलाई प्रदान गरिने सम्झौता गरिएको हो ।

शाखा प्रमुख योगनिधि भट्टराईका अनुसार नयाँ तयार गरिएको ‘छोरीबुहारी तथा अन्य छात्रवृत्ति वितरण तथा व्यवस्थापन निर्देशिका–२०८१’ अनुसार अबदेखि छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाइएको हो । “सूर्योदय नगरपालिकाका स्थायी बासिन्दा छोरीबुहारीले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ”, उहाँले बताउनुभयो ।

नगरप्रमुख रणबहादुर राईले कार्यक्रम सुरु भएयता पढाइ छाडेका युवतीलाई फेरि शिक्षामा फर्काउन सहज भएको बताउँदै भन्नुभयो, “जबसम्म आमा शिक्षित हुनुहुन्न, तबसम्म परिवार र समाजले शिक्षाको महत्व बुझ्दैन, त्यसैले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”

नगरपालिकाले छात्रवृत्ति पहिलो वर्षमा मात्र नतिजा सन्तोषजनक भए दोस्रो वर्षमा निरन्तरता दिने व्यवस्था गरेको छ । नतिजा असफल भएमा दोस्रो वर्षको शुल्क विद्यार्थी आफैँले बेहोर्नुपर्ने छ । विगत छ वर्षदेखि सञ्चालनमा रहेको छोरीबुहारी शिक्षा कार्यक्रममा हालसम्म दुई सय ६६ जना सहभागी भइसकेका छन् । तीमध्ये २३ जनाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने केहीले लोकसेवा आयोगसमेत उत्तीर्ण गरिसकेको नगरप्रमुख राईले जानकारी दिनुभयो । अहिलेसम्म कार्यक्रमका लागि नगरपालिकाले रु एक करोड ५० भन्दा बढी खर्च गरिसकेको छ ।

कार्यक्रममा नगरउपप्रमुख दुर्गाकुमार बराल, सामाजिक विकास समिति संयोजक डिकबहादुर बम्जनलगायतको उपस्थिति थियो । उक्त अवसरमा करफोक बहुमुखी क्याम्पसले पहिलोपटक प्रकाशन गरेको अनुसन्धान जर्नल (रिसर्च जर्नल) सार्वजनिक गरिएको थियो । साथै, इलाम जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्डका पदक विजेता ७२ खेलाडीलाई क्रमशः पाँच हजार, रु चार हजार र रु तीन हजारका दरले पुरस्कार वितरण गरिएको नगरले जनाएको छ ।

सम्बन्धित खबर