Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक हुने
मङ्गलवार, असार ३, २०८२
काठमाडौं, ३ असारः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।
नियमित तालिका अनुसार एसईई नतिजा असारको पहिलो साता सार्वजनिक हुने तय थियो। तर, गत २० चैतदेखि २९ दिनसम्म शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण ढिलो भएकोले नतिजा प्रकाशित गर्ने मिति पछि सरेको हो।
“शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो। आउजाउमा दुई दिन लाग्यो। परीक्षण ढिलो सुरु भएकोले अब नतिजा असारको तेस्रो साताभन्दा अघि सम्भव छैन,” परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयाे।
उहाँकाे अनुसार हाल उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। “बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम भइरहेको छ। केही केन्द्रमा परीक्षण कार्य जारी छ। सबै परीक्षण सकिएपछि इन्ट्री र रुजु गरी त्रुटि नआउने सुनिश्चित गरेर मात्र नतिजा सार्वजनिक गरिनेछ,” उहाँले भन्नुभयाे।
यस वर्षको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ विद्यार्थी गरी कुल ४ लाख ९९ हजार १८३ जना सहभागी भएका थिए।