Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
मङ्गलवार, असार ३, २०८२
काठमाडौँ, ३ असारः नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक असार ४ गते, बुधबार बिहान ८:३० बजेका लागि बोलाएको छ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूको अनिवार्य उपस्थिति अनुरोध गरिएको छ।
बैठकमा पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामासम्बन्धी माग, जसलाई रास्वपा र राप्रपाले संसदमा जोडदार रुपमा उठाएका छन्, प्रमुख एजेन्डाका रूपमा रहनेछ।
त्यसका साथै, बैठकमा अन्य समसामयिक राजनीतिक परिस्थिति, आगामी रणनीति र संसदमा पार्टीको भूमिकामाथि पनि गम्भीर छलफल हुने कांग्रेस स्रोतले जनाएको छ।