Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सुदर्शन र प्रदीप ‘शुभ विवाह’ मा सहकार्य गर्दै
बुधवार, असार ४, २०८२
काठमाडौँ, ४ असार: नेपाली सिनेमा क्षेत्रमा सफल सहकार्यका रूपमा चर्चित निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्का नयाँ चलचित्रमा पुनः एकपटक संगै देखिने भएका छन्। उनीहरूले नयाँ चलचित्र ‘शुभ विवाह’ मा सहकार्य गर्ने पक्का भएको छ।
चलचित्र ‘शुभ विवाह’ सुदर्शन थापाको नै निर्माणमा बन्नेछ। प्रदीप खड्कासँग यो चलचित्रका लागि गत वर्ष नै सहमति भइसकेको निर्माण पक्षले जनाएको छ। चलचित्रको प्रमुख अभिनेत्री भने हालसम्म टुंगो लागिसकेको छैन। निर्माण टिमले अभिनेत्री सहित अन्य कलाकारहरूको नाम छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
यसअघि सुदर्शन थापा र प्रदीप खड्का सफल चलचित्र ‘प्रेमगीत’ मा सँगै काम गरिसकेका छन्। ‘प्रेमगीत’ ले दर्शकको राम्रो साथ पाएको थियो, जसले उनीहरूको सहकार्यलाई उल्लेखनीय बनाएको छ।
नयाँ चलचित्र ‘शुभ विवाह’ ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।