Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘बाटुलो जुन’ मा अनमोलको जोडी प्रिन्सी
बुधवार, असार ४, २०८२
काठमाडौँ, ४ असार : नायक अनमोल केसी मुख्य भूमिकामा रहने चलचित्र ‘बाटुलो जुन’ मा अभिनेत्रीको टुंगो लागेको छ। भुवन केसीको निर्देशनमा तयार हुने चलचित्रमा प्रिन्सी खतिवडा मुख्य अभिनेत्रीको रुपमा रहने पक्का भएको छ।
सामाजिक संजाल टिकटक हुँदै नेपाली र भारतीय म्युजिक भिडियोमा काम गरिसकेकी प्रिन्सीको फ्यान फलोअर्स गज्जबको रहेको छ। उनको यो डेव्यु चलचित्र रहनेछ। ग्रामिण परिवेशको कथा भन्ने चलचित्रमा अनमोल पहिलोपटक पूर्ण गाउँले भूमिकामा देखिदैछन्।
अनमोलसंग सहकार्य गर्ने हरेक अभिनेत्रीको चर्चा र व्यस्तता दुवै रहने गर्दछ। प्रिन्सीको नयाँ यात्रा फलदायी हुने अनुमान अहिले नै धेरैले गरेका छन् । अडिसनमा सहभागी भएका एक दर्जन बढी युवतीबाट प्रिन्सीलाई यसको निर्माणपक्षले छनोट गरेको हो ।
चलचित्रको निर्मात्री जिया केसी हुन् । दुई चरणमा छायांकन हुने चलचित्रको पहिलो चरणमा चित्लाङमा छायांकन हुनेछ । असारमा नै खिचिने चलचित्रको दोश्रो चरणको छायांकन भदौमा हुनेछ । चलचित्रमा अर्की एक अभिनेत्री पनि रहने बुझिएको छ।