सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

बिहिवार, असार ५, २०८२

बनियानी, ५ असार : डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई रु एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिनुभयो ।

कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई रु ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई रु एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई रु ११ लाख १८ हजार ६२८, हात्तीले २२ वटा घरको क्षति पु¥याएबापत रु चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पु¥याएबापत रु एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पु¥याएबापत रु दुई लाख ७९ हजार ८०० र एउटा पशुधनको क्षतिपूर्तिबापत रु १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा भलले जानकारी दिनुभयो ।

जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई रु ८७ लाख २४ हजार ५३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका छ जनामध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा भलले बताउनुभयो । “हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा रु दुई लाख दिने व्यवस्था छ”, उहाँले भन्नुभयो, “अङ्गभङ्ग भएकालाई रु पाँच लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारी तवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उहाँ बताउनुहुन्छ ।

सम्बन्धित खबर