Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
अवैध हतियार सहित भारतीय नागरिक पक्राउ
शुक्रवार, असार ६, २०८२
झापा, ६ असार : काँकरभिट्टा बसपार्क क्षेत्रबाट एक भारतीय नागरिकलाई अवैध हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
मेचीनगर–६ स्थित बसपार्कमा गोप्य सूचनाका आधारमा इप्रका काँकरभिट्टाबाट खटिएको टोलीले भारत, सिलिगुडी दुर्गानगरका अन्दाजी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई WB 70 G 3232 नम्बरको TUV300 मोडलको गाडीसहित नियन्त्रणमा लिएको हो।
गाडीको चेकजाँचका क्रममा चालक सिटमुनि लुकाइ राखिएको ‘STAR RX’ ब्राण्डको म्याग्जिनसहितको एयर पेस्तोल, पाँच राउण्ड एयर बुलेट, र सिटमुनिबाट दुईवटा खुकुरी फेला परेको प्रहरीले जनाएको छ। साथमा दुई थान मोबाइल, पहिचान खुल्ने कागजात तथा गाडीको RC BOOK समेत बरामद गरिएको छ।
हाल पाठकलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।