शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

व्यवसायिक माछा पालनमा बिर्तामोड नगरपालिकाको सहयोग

बिहिवार, चैत २३, २०७९

झापा । बिर्तामोड नगरपालिकाले व्यवसायिक मत्स्य पालनमा हरेक वर्ष विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ ।
पशुपंछि तथा मत्स्य विकास शाखाको तर्फबाट लागत साझेदारीमा सहयोग उपलव्ध गराउँदै आएको शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । उनीहरुले आवश्यकताका आधारमा माग गरे वमोजिम साझेदारीमा सहयोग प्राप्त गर्दै आएका हुन् ।

नगरपालिकाले व्यवसायिक रुपमा माछा पालन गर्न सुरु गरेका कृषकहरुलाई समेत सहयोग उपलव्ध गराउँछ । क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सहयोग उपलव्ध गराउने गरेको हो ।

बिर्तामोड ८ का चिरञ्जिबी कार्कीले माछा पालन व्यवसाय सुरु गर्नका लागि पोखरी खन्दै खन्दै हुनुहुन्छ । पोखरीको आज बिहीबार नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, इन्जिनियर डिल्लीराम गौतम लगायतको टोलीले अनुगमन गरेको छ । कार्कीले अहिले १४ कट्ठा जमिनमा पोखरी खनिसक्नु भएको पाइएको छ ।

नगरपालिकाले साना व्यवसायी माछा पकेट विकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई सहयोग उपलव्ध गराउँदै आएको हो । नगरपालिकाले नयाँ पोखरी खन्ने कृषकहरुको लागि प्रतिकट्ठा दश हजार रुपैयाँ उपल्वध गराउँदै आएको शाखा प्रमुख दाहालले जानकारी दिनु भयो । यस्तै भुरामा ५० प्रतिशत र बोरीङ्गमा ७५ प्रतिशत अनुदान दिइने गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर