Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
व्यवसायिक माछा पालनमा बिर्तामोड नगरपालिकाको सहयोग
बिहिवार, चैत २३, २०७९
झापा । बिर्तामोड नगरपालिकाले व्यवसायिक मत्स्य पालनमा हरेक वर्ष विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ ।
पशुपंछि तथा मत्स्य विकास शाखाको तर्फबाट लागत साझेदारीमा सहयोग उपलव्ध गराउँदै आएको शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । उनीहरुले आवश्यकताका आधारमा माग गरे वमोजिम साझेदारीमा सहयोग प्राप्त गर्दै आएका हुन् ।
नगरपालिकाले व्यवसायिक रुपमा माछा पालन गर्न सुरु गरेका कृषकहरुलाई समेत सहयोग उपलव्ध गराउँछ । क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सहयोग उपलव्ध गराउने गरेको हो ।
बिर्तामोड ८ का चिरञ्जिबी कार्कीले माछा पालन व्यवसाय सुरु गर्नका लागि पोखरी खन्दै खन्दै हुनुहुन्छ । पोखरीको आज बिहीबार नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, इन्जिनियर डिल्लीराम गौतम लगायतको टोलीले अनुगमन गरेको छ । कार्कीले अहिले १४ कट्ठा जमिनमा पोखरी खनिसक्नु भएको पाइएको छ ।
नगरपालिकाले साना व्यवसायी माछा पकेट विकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई सहयोग उपलव्ध गराउँदै आएको हो । नगरपालिकाले नयाँ पोखरी खन्ने कृषकहरुको लागि प्रतिकट्ठा दश हजार रुपैयाँ उपल्वध गराउँदै आएको शाखा प्रमुख दाहालले जानकारी दिनु भयो । यस्तै भुरामा ५० प्रतिशत र बोरीङ्गमा ७५ प्रतिशत अनुदान दिइने गरेको नगरपालिकाले जनाएको छ ।