Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन
शनिवार, असार ७, २०८२
काठमाडौँ, ७ असारः नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ ।
काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित सिटीस्क्वायर मल, कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, इटहरीको एलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको १०० दिन पूरा गरेको निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो ।
चाम्ले भन्नुभयो, “हामीले जुन सोचका साथ चलचित्रको निर्माण सुरुआत गरेका थियौँ, त्यो आज पूरा भएको छ । खेलाडीको जीवनीमा आधारित चलचित्रलाई दर्शकले दिनुभएको माया अमूल्य छ, यसले आउँदो दिनमा अन्य खेलाडीको कथामा चलचित्र बनाउन प्रेरणा दिएको छ । कप्तान सुब्बाको घर बनाउने सपना पनि पूरा हुँदैछ, हामी चाँडै जानकारी दिनेछौँ ।”
चलचित्रमा स्वयं कप्तान सुब्बाले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ । उहाँसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठले अभिनय गर्नुभएको छ । उक्त चलचित्र गत वर्ष विसं २०८१ फागुन २९ गतेदेखि प्रदर्शन भएको थियो ।