Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड–१ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी
शनिवार, असार ७, २०८२
बिर्तामोड, ७ असार : बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले २०८३ साउन १ गते भित्र वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्ने बताउनु भएको छ ।
बिर्तामोडलाई बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत आज वडा नं. १ को कार्यालयमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले आगामी दिनमा बाल श्रम तथा बाल दुर्व्यवहारमुक्त वडा निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रम बिर्तामोड नगरपालिका महिला, बालबालिका तथा सामाजिक कल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री पालिका घोषणासम्बन्धी जानकारी र स्थानीय शासनको भूमिकाबारे छलफल गरिएको छ ।कार्यक्रममा प्रशिक्षक भरत कुसुवारले सहभागीहरूलाई बाल अधिकार, सुरक्षाको उपाय, शिक्षा, स्वास्थ्य तथा बालमैत्री संरचनाको आवश्यकता विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
शाखा अधिकृत युगकुमारी भट्टराईले अहिलेसम्म नगरका ६ वटा वडामा यस्तो कार्यक्रम सम्पन्न भइसकेको र बाँकी रहेका वडा नं. ३, ४, ५ र ७ मा समेत छिट्टै कार्यक्रम सञ्चालन हुने जानकारी दिनु भयो। कार्यक्रम वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।