Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सहयोगी मनहरू नेपालद्वारा बुद्धशान्तिमा ४० विपन्न परिवारलाई झुल वितरण
शनिवार, असार ७, २०८२
बुद्धशान्ति, ७ असार : सामाजिक संस्था ‘सहयोगी मनहरू नेपालले बुद्धशान्ति गाउँपालिका–२, गोपालडाँडामा ४० जना विपन्न, बिरामी, जेष्ठ नागरिक, सुत्केरी तथा बालबालिकालाई लक्षित गरी झुल वितरण तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
गर्मीयाममा लामखुट्टेको प्रकोप बढ्ने भएकाले सो समस्या न्युनिकरणका लागि प्रतिकात्मक रूपमा झुल वितरण गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भीम आचार्यले गर्नुभएको थियो भने बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धीरेन्द्र यादव प्रमुख अतिथि तथा नेकपा एमालेका नेता टिकाप्रसाद पाठक विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा समाजसेवी मुक्ति गौतम, संस्थाका मानार्थ सदस्य समिन रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु उप्रेतीले सञ्चालन गर्नु भएको थियो। स्वागत मन्तव्य नन्दिकेशर घिमिरेले राख्नुभएको थियो। कार्यक्रममा संस्थाका आजीवन सदस्य खेम ढुंगेल, जानुका बुढाथोकी, सुजाता घिमिरे, सुमित्रा राउत, पुष्पराज भट्टराई लगायतको उपस्थिति थियो।
संस्थाले अघिल्ला दिनहरूमा पनि बुद्धशान्तिमा विभिन्न राहत तथा सहयोगका कार्यक्रम गर्दै आएको जानकारी दिँदै सचिव उप्रेतीले यसपटक ४० घरपरिवारलाई झुल वितरण गरिएको र लामखुट्टेबाट बच्न झुलको प्रयोगबारे जनचेतना दिइएको बताउनुभयो।
संस्थाले विभिन्न दाताहरूको सहयोगमा सामाजिक सेवाका कार्यहरू गर्दै आएको उल्लेख गर्दै भविष्यमासमेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ।