Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
शिवसताक्षीमा वृद्धद्वारा नहरमा हामफालेर आत्महत्या
आइतवार, असार ८, २०८२
शिवसताक्षी , ८ असारः झापाको शिवसताक्षी नगरपालिकामा एक वृद्धले कन्काई नहरमा हामफालेर आत्महत्या गरेका छन्।
आइतबार बिहान शिवसताक्षी–७ व्यङ्गडाडाका ७८ वर्षीय राधाकृष्ण सोडारीले घर नजिकैको कन्काई नहरमा हामफालेर आत्महत्या गरेका हुन्। स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम कन्काई नहरमा हामफालेको देखेपछि उद्धार प्रयास गरिएको थियो ।
तर, नहरको साइफन नजिक भएकाले तत्काल उद्धार गर्न सम्भव नहुँदा उनको मृत्यु भएको हो । पानीले सोडारीलाई वडा नम्बर ११ स्थित नहरको साइफनमा लगेर अड्काएको थियो। पछि स्थानीय र प्रहरीको सहयोगमा उनको शव निकालिएको हो।
सोडारीले आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन। उनी केहि समयदेखि मानसिक तनावमा रहेको हुन सक्ने आशंका गरिएको छ ।