काठमाडौँ, ८ असारः संघीय संसद् भवन, नयाँबानेश्वरभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एकजना कामदार घाइते भएका छन् ।
छतमा मर्मतको काम गर्दागर्दै उनी खसेका हुन् । घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।
उनको कुहिना र खुट्टामा चोट लागेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेको बताइएको छ ।


